Thursday, February 9, 2012

Thursday, August 12, 2010

गजल

पूर्व जने रहर टरेर गयो।
देश फिर्ने इछा मरेर गयो।

ब्यथा छ मनमा अनी आँखामा।
टिल-पिल यो आसुँ झरेर गयो।

सधैं हतारमा समय अभावमा।
अठोट हिजोको सरेर गयो।

एउटै परिवार अनेक दिसामा।
छरपस्ट पारी छरेर गयो।

शरीर छोडेर मनमात्र उडदै।
सातौ समुन्द्र तरेर गयो।

गोविन्द फुयाल शिकागो।
08/12/2010

Sunday, August 8, 2010

गजल

जस्तो भए पनि आसु झर्नु हुन्न साथी।
जीवन भन्नु आस मन मार्नु हुन्न साथी।

सुख चाँही वास्ता हुन्न तर दु:ख पर्दा।
जीत तिम्रै हातमा छ हार्नु हुन्न साथी।

भाग्ये भन्दा धेरै अनी समय भन्दा अघी।
मिल्दैन कै' मनलाई तल पार्नु हुन्न साथी।

गोविन्द फुयाल शिकागो
08/08/2010

Thursday, August 5, 2010

गजल

बाँच्न पनि मन छैन मर्न पनि सकिएन।
धेरै गर्छु भन्थे केही गर्न पनि सकिएन।

कत्ती पटक एकान्तमा घोत्लिएर सोचिरहदा।
अरु माथि आफु तल पर्न पनि सकिएन।

बिस पिउछु पासो लाग्छु मन-मनै सोचे तर।
मनीसको नजर बाट झर्न पनि सकिएन।

साहराको एउटा हात कोही पाउने आसा गर्द।
एउटा न्यनु ढुक-ढुकीमा सर्न पनि सकिएन।

जीवन ब्यर्थ गयो आकाश छुन्छु भन्थे तर।
बेकार भयो अमर कृति छर्न पनि सकिएन।
गोविन्द फुएल
शिकागो

Friday, July 23, 2010

मुर्दा भएर पनि बाच्नु पर्यो।
रित्तो मनमा माया साच्नु पर्यो।

कत्ती छ दर्द अब्यक्त मनमा।
तै पनि मैले सधैं हास्नु पर्यो।

Sunday, June 6, 2010

गजल

लिनु दिनु पालो न हो गुनको कुरा नगरौ है।
चिसो चुलो तातेन खै नुनको कुरा नगरौ है।

गाउ बस्ती अधेरीमा मस्त निन्द्रा रात भरी।
सिक्ष्या बिना निदाएको छ जुनको कुरा नगरौ है।

अन्न माग्दै गरीबहरु एउटा दैलो देखी अर्को।
निरास भोकै मर्दै छन ति घुनको कुरा नगरौ है।

काम नलाग्ने बिचार गएन हामीकहा अझै पनि।
मानिस भन्नु सबै उस्तै खुनको कुरा नगरौ है।

अझै पनि हाम्रा मान्छे धुरी चुइने झोपडिम।
कमेरोमै रमाउछन चुनको कुरा नगरौ है।

निधारमा पसिनाका मोती जस्तै टल्किरहने।
गहना छन गोर्खालिका सुनको कुरा नगरौ है।

गोविन्द फुयाल शिकागो
०६/०६/२०१०

Sunday, April 18, 2010

गजल

संगीतको मिठो धुनमा पाए।
तिमीलाई शितल जुनमा पाए।

देखेर आफ्नु कहाँ को हुन्थ्यो र।
सन्जोगले तिम्रो हुनमा पाए।

तिर्नै नसक्ने के दियौ दियौ।
तिमीले लाको गुनमा पाए।

तिमीलाई साचै जाचेर हेरे।
अकबरे त्यो सुनमा पाए।

गोविन्द फुयाल शिकागो
०४/१८/२०१०

Followers

Blog Archive

About Me

My Photo
I was a singer and a composer onceupon a time.